नमुना प्रस्तुतीकरण कार्यक्रम आयोजना हुँदै

श्री भगवती माध्यमिक विद्यालयमा श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयद्वारा सञ्चालित सि.सं. ५२ राष्ट्रिय सेवा दल (रा.से.द.) जुनियर डिभिजन संस्थागत तालिमअन्तर्गत नमुना प्रस्तुतीकरण कार्यक्रम आयोजना हुने भएको छ।

विद्यालयका विद्यार्थीहरूलाई अनुशासन, नेतृत्व क्षमता, जिम्मेवारीबोध तथा राष्ट्रिय सेवाको भावना विकास गराउने उद्देश्यले सञ्चालन भइरहेको उक्त तालिमअन्तर्गत नमुना प्रस्तुतीकरण कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रमको विवरण:

📅 मिति: २०८३/०५/२६ गते, शुक्रबार

📍 स्थान: श्री भगवती माध्यमिक विद्यालयको प्राङ्गण

⏰ समय: दिनको ठीक १:०० बजे

कार्यक्रममा राष्ट्रिय सेवा दलअन्तर्गत तालिमरत विद्यार्थीहरूले तालिमका क्रममा सिकेका विभिन्न सीप, अनुशासन तथा गतिविधिहरूको नमुना प्रस्तुतीकरण गर्नेछन्।

रामप्रसाद पाण्डे

प्रधानाध्यापक

✆ ९८५६०५१०३७

हेमन्त पराजुली

सूचना अधिकारी

✆ ९८५७०८५८५७