परिचय

शिक्षाको ज्योति, समाजको जग

स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित मिर्मीमा रहेको श्री भगवती माध्यमिक विद्यालय, गुणस्तरीय शिक्षा, नवीनता र विद्यार्थीको सर्वाङ्गीण विकासका लागि निरन्तर समर्पित एक स्थापित सामुदायिक विद्यालय हो। वि.सं. २०१त् मा स्थापना भएको यस विद्यालयले स्थानीय समुदायको आवश्यकता र परिवर्तनशील समयअनुसार शिक्षा क्षेत्रमा सेवा पुर्‍याउँदै आएका छौं।

विद्यालयले प्रविधिमैत्री र समावेशी वातावरणमा विद्यार्थीहरूलाई खोजमूलक, सिर्जनात्मक र व्यावहारिक शिक्षा प्रदान गर्दै आएको छ। बलियो शैक्षिक जगका साथै, विद्यार्थीहरूमा वैज्ञानिक दृष्टिकोण, उत्सुकता र समस्या समाधान गर्ने क्षमताको विकास गर्न विद्यालयले विज्ञान शिक्षाको पठनपाठनमा समेत जोड दिएको छ।

कक्षा १० र १२ को राष्ट्रिय परीक्षाहरूमा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै यस विद्यालयले कालीगण्डकी गाउँपालिकाकै एक अग्रणी सामुदायिक विद्यालयको रूपमा पहिचान बनाएको छ। यो सफलता शिक्षकहरूको समर्पण, विद्यार्थीहरूको मेहनत र अभिभावक तथा समुदायको निरन्तर सहयोगको परिणाम हो।

विद्यालय जीवन विद्यार्थीको भविष्य निर्माण गर्ने महत्त्वपूर्ण चरण हो। त्यसैले शैक्षिक ज्ञानसँगै चरित्र निर्माण, आत्मविश्वास, सिर्जनात्मकता, सामाजिक उत्तरदायित्व र व्यावहारिक सीप विकास गराउनु हाम्रो मुख्य ध्येय हो। शिक्षक र विद्यार्थीबीचको आत्मीय सम्बन्धले यहाँ प्रत्येक विद्यार्थीलाई अघि बढ्न उत्प्रेरित गर्दछ।

श्री भगवती माध्यमिक विद्यालय — ज्ञानको प्रेरणा, चरित्र निर्माण र सशक्त भविष्य!

दृष्टिकोण (Vision)

  • गुणस्तरीय र आधुनिक सामुदायिक शिक्षाको उत्कृष्ट केन्द्र बन्ने।
  • प्रतिस्पर्धी, प्रविधियुक्त र नैतिकवान् नागरिक तयार पार्ने।
  • विद्यार्थीको सर्वाङ्गीण विकास र क्षमता अभिवृद्धि गर्ने।
  • स्थानीय आवश्यकताअनुसारको नमुना विद्यालयका रूपमा स्थापित हुने।

लक्ष्य (Mission)

  • व्यावहारिक र प्रविधिमैत्री सिकाइमार्फत सक्षम नागरिक बनाउने।
  • विज्ञान तथा प्रविधि शिक्षालाई खोजमूलक र प्रभावकारी बनाउने।
  • कक्षा १० र १२ को नतिजा निरन्तर उत्कृष्ट कायम राख्ने।
  • समावेशी र सुरक्षित वातावरणमा सहज शिक्षाको पहुँच दिने।

उद्देश्य (Objectives)

  • सिर्जनात्मक सोच र समस्या समाधान गर्ने क्षमताको विकास गर्ने।
  • विद्यार्थीकेन्द्रित सिकाइ र सुदृढ शिक्षक-विद्यार्थी सम्बन्ध बनाउने।
  • उच्च शिक्षा र वृत्ति विकासका लागि विद्यार्थीलाई तयार पार्ने।
  • नैतिक मूल्य-मान्यता र सामाजिक उत्तरदायित्वको विकास गर्ने।

प्रतिबद्धता (Commitments)

  • गुणस्तरीय, पहुँचयोग्य र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने।
  • निरन्तर उत्कृष्ट शैक्षिक नतिजा हासिल गरिरहने।
  • अभिभावक र समुदायसँगको सहकार्यलाई मजबुत बनाउने।
  • हरेक विद्यार्थीलाई व्यक्तिगत मार्गदर्शन र सहयोग पुर्‍याउने।
यात्रा

विद्यालयको ऐतिहासिक यात्रा

२०३४

विद्यालय स्थापना — प्राथमिक तह सञ्चालन

२०४६

निम्न माध्यमिक तहमा स्तरोन्नति

२०५५

माध्यमिक तह सञ्चालन सुरु

२०६८

कम्प्युटर ल्याब र पुस्तकालय भवन निर्माण

२०७५

स्मार्ट कक्षाकोठा परियोजना सम्पन्न

२०८०

लगातार ५ वर्ष ८५%+ SEE उत्तीर्ण दर