कक्षा ११ को रजिस्ट्रेसन फाराम भर्ने सम्बन्धी सूचना

शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ मा भर्ना भई अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि कक्षा ११ को रजिस्ट्रेसन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरबाट मिति २०८३/०४/१७ गते प्रकाशित सूचना अनुसार कक्षा ११ मा भर्ना भई अध्ययनरत विद्यार्थीहरूले रजिस्ट्रेसन फाराम २०८३ असोज २० गतेभित्र अनिवार्य रूपमा भर्नुपर्नेछ।

त्यसैले सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूले आवश्यक कागजातसहित आफ्नो रजिस्ट्रेसन फाराम भरी विद्यालयको प्रशासन शाखामा बुझाउन अनुरोध गरिन्छ।

📌 रजिस्ट्रेसन फाराम भर्न आवश्यक कागजातहरू

रजिस्ट्रेसन फाराम भर्दा निम्न कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ:

  1. SEE उत्तीर्ण ग्रेडसिटको प्रतिलिपि
  2. विद्यालय पोसाकमा हालसालै खिचिएको पासपोर्ट साइजको ३ प्रति फोटो

🗓️ अन्तिम मिति

२०८३ असोज २० गतेभित्र

रामप्रसाद पाण्डे

प्रधानाध्यापक

✆ ९८५६०५१०३७

हेमन्त पराजुली

सूचना अधिकारी

✆ ९८५७०८५८५७